मौद्रिक नीतिपछि शेयर बजारमा सामान्य उतारचढाव, नेप्से सामान्य अंकले सुधार
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । साताकाे पहिलाे दिन २१ अर्ब बराबरकाे काराेबार भएर कीर्तिमान राखेकाे शेयरबजारमा दाेस्राे दिन (आज) साेमबार गिरावट आएकाे छ । तर नेप्सेमा भने सामान्य अंकले बढेकाे छ ।
यो दिन २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँमा कारोबार भएको छ ।
नेप्से परिसूचक ५.७५ अंकले बढेर ३१६०.०९ अंकमा पुगेको छ ।
यो दिन १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ५ वटा उपसमूहको सूचक घटेको छ । अन्य उपसमूह भने स्थिर छ ।
यसदिन जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकहरूमा सर्किट लागेकाे छ ।
आइसिएफसि फाइनान्स, माउन्टेन इनर्जि, युनियन लाइफ, ङादी ग्रुप पावर, एसविआई बैंक शेयर मूल्य घटेकाे छ ।
नेशनल हाइड्रोपावर र नेपाल बैंकको सबैभन्दा धेरै काराेबार भएकाे छ ।
मौद्रिक नीतिपछि बजारमा सामान्य उतारचढाव देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस