मौद्रिक नीतिपछि शेयर बजारमा सामान्य उतारचढाव, नेप्से सामान्य अंकले सुधार
- गाउँ सहर संवाददाता
- ३२ श्रावण सोमबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । साताकाे पहिलाे दिन २१ अर्ब बराबरकाे काराेबार भएर कीर्तिमान राखेकाे शेयरबजारमा दाेस्राे दिन (आज) साेमबार गिरावट आएकाे छ । तर नेप्सेमा भने सामान्य अंकले बढेकाे छ ।
यो दिन २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँमा कारोबार भएको छ ।
नेप्से परिसूचक ५.७५ अंकले बढेर ३१६०.०९ अंकमा पुगेको छ ।
यो दिन १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ५ वटा उपसमूहको सूचक घटेको छ । अन्य उपसमूह भने स्थिर छ ।
यसदिन जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकहरूमा सर्किट लागेकाे छ ।
आइसिएफसि फाइनान्स, माउन्टेन इनर्जि, युनियन लाइफ, ङादी ग्रुप पावर, एसविआई बैंक शेयर मूल्य घटेकाे छ ।
नेशनल हाइड्रोपावर र नेपाल बैंकको सबैभन्दा धेरै काराेबार भएकाे छ ।
मौद्रिक नीतिपछि बजारमा सामान्य उतारचढाव देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस