अर्थतन्त्र
मेगा बैंकले कमायाे गत आर्थिक वर्ष २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०७८ | १२:२२:०० मा प्रकाशित
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३० करोड रुपैयाँ खुद मूनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ५८ करोड रुपैयाँमात्रै कमाएको थियो । १४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको वितरण योग्य नाफा १ अर्ब ५१ करोड गरेको छ । बैंकको १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस