यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- गाउँ सहर संवाददाता
- ३० श्रावण शुक्रबार, २०८२ | ०९:११:०० मा प्रकाशित

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा साढे ७१ अर्ब रूपैयाँ खुद नाफा गरेका छन् । उनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ४४ प्रतिशतले बढाएका हुन् ।
वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब ५७ करोड ८७ लाख रूपैयाँ खुद नाफा गरेका थिए । गत आवमा भने २२ अर्ब रूपैयाँ बढी अर्थात् ७१ अर्ब ४५ करोड ८ लाख रूपैयाँ नाफा गरेका छन् ।
२० वाणिज्य बैंकमध्ये सबैभन्दा उच्च नाफा नबिल बैंकले गरेको छ । बैंकले अघिल्लो वर्षको भन्दा १५ प्रतिशतले नाफा वृद्धि गर्दै ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब ७५ करोड ६६ लाख नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब १० करोडको नाफा कमाएको थियो । त्यस्तै ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा गरेको ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा परेको छ ।
सबैभन्दा कम नाफा एनआईसी एशियाको छ । जसले १६ करोड १५ लाख मात्र नाफा कमाएको छ । जसको नाफा करिब ७७ प्रतिशतले घटेको हो । अघिल्लो आवमा बैंकले ७० करोड १४ लाख नाफा गरेको थियो ।
चौथो नम्बरको प्रभु बैंकको ५ अर्ब ४४ करोड नाफा गरेको छ । ४ अर्ब ९१ करोड कमाएको एभरेष्ट पाँचौ र ४ अर्ब ११ करोड रुपैयाँ कमाएको लक्ष्मी सनराइज बैंक छैठौ स्थानमा परेका छन् । यस्तै, गत आवमा प्राइम बैंकले ४ अर्ब २ करोड, कृषि विकास बैंकको ३ अर्ब ८२ करोड, राष्टिय वाणिज्य बैंकको ३ अर्ब ८१ करोड, नेपाल बैंकको ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करो तथा एनएमबि बैंकले ३ अर्ब २८ करोड नाफा आर्जन गरेका छन्।
यसैगरी स्ट्याण्डर्ड चार्टड बैंकको नाफा ३ अर्ब, सानिमा बैंकको २ अर्ब ५७ करोड, कुमारी बैंकको २ अर्ब ११ करोड, माछापुच्छ्रे बैंकको २ अर्ब १ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ८० करोड, हिमालयन बैंकको १ अर्ब ५१ करोड र सिटिजन्स बैंकको १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा ४ वाणिज्य बैंकहरुको नाफा भने घटेको छ । यस अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकको नाफा घटेको हो। जसमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा झण्डै ७७ प्रतिशतले नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे ७ प्रतिशत, नेपाल एसबिआई बैंकको करिब १० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको २ प्रतिशतले नाफा घटेको छ ।
नाफा वृद्धिदर कुमारी बैंकको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ । यस बैंकको नाफा वृद्धिदर ४५ हजार ८२१ प्रतिशत देखिएको छ । त्यस्तै, प्रभु बैंक र नेपाल बैंकको नाफा वृद्धिदर उल्लेख्य देखिएको छ । नेपाल बैंकको नाफा १३ हजार १७५ तथा प्रभुको नाफा ९६५ प्रतिशतले बढेको छ ।
कुन बैंकको नाफा कति ?
नबिल बैंक ७ अर्ब १२ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६ अर्ब ७५ करोड
ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड
प्रभु बैंकको ५ अर्ब ४४ करोड
एभरेष्ट बैंक ४ अर्ब ९१ करोड
लक्ष्मी सनराइज बैंक ४ अर्ब ११ करोड
प्राइम बैंकले ४ अर्ब २ करोड,
कृषि विकास बैंकको ३ अर्ब ८२ करोड
राष्टिय वाणिज्य बैंक ३ अर्ब ८१ करोड
नेपाल बैंक ३ अर्ब ७७ करोड
सिद्धार्थ बैंक ३ अर्ब ३९ करोड
एनएमबि बैंक ३ अर्ब २८ करोड
स्ट्याण्डर्ड चार्टड बैंक ३ अर्ब २ करोड
सानिमा बैंक २ अर्ब ५७ करोड
कुमारी बैंक २ अर्ब ११ करोड
माछापुच्छ्रे बैंक २ अर्ब १ करोड
नेपाल एसबिआई बैंक १ अर्ब ८० करोड
हिमालयन बैंक १ अर्ब ५१ करोड
सिटिजन्स बैंक १ अर्ब २९ करोड
एनआईसी एशिया १६ करोड १५ लाख

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस