विश्व

राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा भारतमा १३ जनाको मृत्यु (तस्बिरहरू)

  • एजेन्सी
  • २८ श्रावण बिहीबार, २०७८ | १४:१५:०० मा प्रकाशित

राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा भारतको हिमाचल प्रदेशमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन् ।

बीबीसीका अनुसार बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए ।

बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ । झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ ।

भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन् ।

एजेन्सी

तपाईँको मत