मानुषी लघुवित्तको आईपीओ बिक्री खुला, पर्दैन भनेर भर्नचाहिँ नछाेड्नुस् है
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | ०७:२०:०० मा प्रकाशित
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आजबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
कुल सार्वजनिक निष्कासनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।
बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।
आईपीओमा छिटोमा साउन ३१ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी बि प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
प्रतिकृया दिनुहोस