मानुषी लघुवित्तको आईपीओ बिक्री खुला, पर्दैन भनेर भर्नचाहिँ नछाेड्नुस् है
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | ०७:२०:०० मा प्रकाशित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आजबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
कुल सार्वजनिक निष्कासनमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।
बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।
आईपीओमा छिटोमा साउन ३१ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी बि प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस