प्रभु स्टक मार्केटकाे औपचारिक सेवा शुरु, धितोपत्र खरिदबिक्री एकै ठाँउबाट
- गाउँ सहर संवाददाता
- ९ श्रावण बुधबार, २०८१ | १७:३७:०० मा प्रकाशित
काठमाडाैं । प्रभु बैंकको स्वामित्वमा रहेको प्रभु स्टक मार्केटले औपचारिक रुपमा सेवा शुरु गरेको छ ।
बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले उक्त सेवाको औपचारिक शुरुवात गरेका हुन् । उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित उक्त कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवालाई थप सहज बनाउने बताए ।
उनले भने,‘ व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन गरी नेपालको पूँजीबजारको विकास गर्नका लागि स्टक मार्केटले कुनै न कुनै योगदान पुर्याउने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएको र यसले आम लगानीकर्तालाई सहज बनाउन भूमिका खेल्ने बताए।
त्यस्तै, प्रभु स्टक मार्केटका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने बताए।
काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्तापूँजी २० करोड रुपैयाँ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस