धिताेपत्र बाेर्डबाट आईपीओ जारी गर्न अनुमति कुर्दै ८० कम्पनी
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर आइतबार, २०८१ | ०९:२५:०० मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि ८० कम्पनीले आवेदन दिएका छन् । झन्डै एक वर्षयता नयाँ अनुमति जारी नभएपछि कम्पनीको संख्या यति पुगेको हो । ती कम्पनीले ४९ अर्ब ४८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन तयारी गरेका छन् ।
आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । तर अध्यक्ष नियुक्त नभएको भन्दै नेपाल धितोपत्र बोर्डले हालसम्म एउटा कम्पनीबाहेक अरूलाई अनुमति दिएको छैन । तर गत साता मात्र बोर्डले गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीलाई आईपीओ अनुमति दिएको छ ।
आवेदन दिएका कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । दुई साताअघि सरकारले रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।
गएको करिब एक वर्षको अवधिमा पाँच कम्पनीले हकप्रद सेयर र एउटाले आईपीओ निष्कासन अनुमति पाइसकेका छन् । बोर्डका अनुसार कुल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ रुपैयाँ बराबरको आईपीओ प्रक्रियामा छ ।
विभिन्न क्षेत्रका ८० वटा कम्पनीले सर्वसाधारणलाई ३४ करोड १९ लाख एक हजार ८० कित्ता सेयर (आईपीओ) जारी गर्न लागेका हुन् । यसअनुसार होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख रुपैयाँबराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् ।
४० वटा जलविद्युत् आयोजनाले कुल १६ अर्ब ४१ करोड ३० लाख ७९ हजार चार सय रुपैयाँ बराबरको १६ करोड ३६ लाख पाँच हजार चार सय ६४ कित्ता बराबर सेयर जारी गर्नका लागि बोर्डमा आवेदन परेको हो ।लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँबराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आईपीओ जारी गर्न लागेका छन् ।
सोही अवधिमा उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार छ सय ९६ रुपैयाँ बराबरको नौ करोड १६ लाख ७५ हजार छ सय ८४ कित्ता सेयर निष्कासन प्रक्रियामा छन् ।
धितोपत्र बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । सानिमा हाइड्रोपावर, हिमस्टार ऊर्जा कम्पनी, भुजुङ हाइड्रोपावर, दरमखोला हाइड्रो इनर्जी, सान्भी इनर्जी, बेनी हाइड्रोपावरलगायत कम्पनीको आईपीओ निष्कासन प्रक्रियामा छन् ।
यमलिङ हाइड्रोपावर, मबिलुङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोला हाइड्रोपावर, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावरलगायत कम्पनीले आईपीओका लागि आवेदन दिएका छन् ।
होटल तथा पर्यटन समूहअन्तर्गत सात कम्पनीको आईपीओ प्रक्रियामा छ । यो समूहमा एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन, अर्केड होल्डिङ्स, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एन्ड टुरिजम, अकामा होटल, ठमेल प्लाजा होटल एन्ड स्विट्स आईपीओ निष्कासनको प्रक्रियामा छन् । लगानी समूहतर्फ वरुण इन्भेस्टमेन्ट, सिड इनर्जी र शिवम् होल्डिङ्सले आईपीओको तयारी गरेका छन् ।
उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आईपीओ प्रक्रियामा छ । एकोर्ड फर्मास्युटिकल्स, एसवाई प्यानल नेपाल, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज, मारुती सिमेन्ट्स, स्मार्ट डोर्स, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज, ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले पनि आईपीओका लागि बोर्डमा आवेदन दिएका हुन् ।
लक्ष्मी टेक्नोप्लास्ट, श्री डिस्टिलरी, सोपान फर्मास्युटिकल्स, भूगर्भ सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सागर डिस्टिलरी र अम्बे स्टिल्सले आईपी ओल्याउने तयारी गरिरहेको धितोपत्र बोर्डले जनाएको छ । लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।
लघुबिमा (माइक्रो इन्स्योरेन्स) तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न बोर्डसमक्ष निवेदन दिएका हुन् ।
अन्य समूहका १० कम्पनी आईपीओ पाइपलाइनमा छन् । ट्रेड टावर, कान्तिपुर टेलिभिजन नेटवर्क, डिस मिडिया नेटवर्क, आईएमई, हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल), पिअर इनर्जी, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकप्टर सर्भिस, छायादेवी कम्प्लेक्स र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिजले आईपीओका लागि प्रक्रियामा छन् ।
धितोपत्र बोर्डका अनुसार यसअघि आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ कम्पनीले आफ्नो पुँजी वृद्धिका लागि थप धतोपत्रको निष्कासन (एफपीओ) का लागि बोर्डमा आवेदन दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस