आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ
- गाउँ सहर संवाददाता
- २६ श्रावण मंगलबार, २०७८ | १६:४१:०० मा प्रकाशित
कैलाली । गौरीगंगा नगरपालिका-७ बाट आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसी सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका-१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगंज नगरपालिका-१३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेका छन् । संजित कुमारले चलाएको ना.३२ प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहातबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व बिभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिङ्कुलाई पक्राउ गरेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटकपटक दोहोरिएको पाइएको र उक्त स्टिकर गौरीगंगा नगरपालिका-७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई उनीहरु बस्ने कोठामा छाप लगाउन लैजान लागेको भन्ने खुल्न आएपछि उनीहरु बस्ने कोठामा तलासी गर्दा छाप, स्ट्याम प्याड र र मसी समेत फेला पारी बरामद कोठामा रहेका राज कुमार, विजय र सुरेश कुमारलाई पक्राउ गरेको हो ।
आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरी आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीबाट थप अनुसन्धान भइरहेको छ ।
उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा पठाइने उक्त कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस