परिवार दलका अध्यक्ष ढकालद्वारा २ नम्बर प्रदेशको आठै जिल्लामा राहत सामग्री हस्तान्तरण
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | २२:१४:०० मा प्रकाशित
काठमाडाैँ । वैकल्पिक लोकतान्त्रिक शत्तिको रुपमा नेपाली राजनीतिमा चिनिएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मानवता सबैभन्दा ठूलो धर्म रहेको बताएका छन् ।
प्रदेश नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले आइतबार सिराहा जिल्लाको गोलबजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल एक बहुसांस्कृतिक तथा विविधता युक्त मुलुक रहेको बताउँदै आपसी सद्भाव, सह–सम्मान र सह–अस्तित्वलेनै नेपाली राष्ट्रियता बलियो हुने जिकिर गरे ।
अध्यक्ष ढकालले कोभिड–१९ पीडित गरिब तथा असहाय विभिन्न व्यक्तिहरुलाई राहतस्वरूप खाद्यान्न सामग्री पनि हस्तान्तरण गरे । मानव अधिकारकर्मी श्याम कुमारी शाह तथा उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाध्य सामाग्रीले मधेशका अति विपन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै धन्यवाद दिईन् ।
परिवार दलका प्रवक्ता सन्तोष पौडेलका अनुसार विभिन्न सामाजिक संघ संथाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापूर्वक वितरण गरिएको जानकारी दिए ।
राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो । राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लाहन, सप्तरीको महुवा बेलही र राजविराज पुगेका थिए ।
दलका प्रवता पौडेलका अनुसार करिब १००० घरपरिवारलाई एक महिनालाइ पुग्ने गरि राहत उपलब्ध गरिएको बताए । परिवार दलले राहत वितरणमा सहयोग गर्नु हुने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
दलले यसअघि पनि देशैभरी हजारौँको संख्यामा राहत बितरण गरेको थियो भने फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी शुरक्षाकमी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस