पोखराको लायन्स न्यूरोड चौतारीद्वारा केदारेश्वर मन्दिर परिसरमा बृक्षारोपण
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १४:४२:०० मा प्रकाशित

पोखरा । लायन्स न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षारोपण गरेको छ । बार्षिक कार्यतालिका अनुसार क्लबले केदारेश्वर महादेवमणी मन्दिर परिसरमा फलफूलका र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो ।
लायन्स अन्तर्राष्ट्रियले बढ्दो वातावरणीय प्रभावलाई रोक्नका लागि विश्वभर बृक्षारोपण गर्ने अभियान अन्तरगत विभिन्न प्रजातीका फलफूलका बिरुवासहित अन्य वनस्पतिजन्य करिव तीन दर्जन बिरुवा मन्दिर परिषरमा रोपिएको क्लबका अध्यक्ष तुलसीप्रसाद पोखरेलले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ बी १ नेपालका बृक्षारोपण कार्यक्रमका प्रमुख बसन्त गिरीले विश्वमा बढदो वातावरणीय प्रभावलाई सन्तुलन कायम गर्नका लागि लायन्सले बृक्षारोपण कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्दै आएको बताए । उनले बृक्षारोपणले वातावरण सन्तुलन कायम गर्नूका साथै भू–क्षय लगायतका समस्याको नियन्त्रण गर्ने उल्लेख गरे ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं केदारेश्वरमणी महादेव मन्दिरका प्रमुख डा. लेखनाथ आचार्यले मन्दिर परिसरमा क्लवले फलफूलका विरुवा रोपेकोमा धन्यबाद ज्ञापन गरे । कार्यक्रमका संयोजक एवं क्लबका द्वितिय अध्यक्ष कृष्ण लम्सालले क्लबले बार्षिकरुपमा विभिन्न सामाजिक कार्यका साथै बृक्षारोपण लगायतका कार्यक्रम गर्दै आएकाले यस बर्षपनि बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताए । उनले विगत बर्षमा समेत क्लवले केदारेश्वर मन्दिरमा विभिन्न प्रजातिका बनस्पतिजन्य विरुवा रोपेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस