वातावरण

शनिबारकाे माैसम, एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ श्रावण २३ गते शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता