स्वास्थ्य

काठमाडाैंमा फेरि बढे संक्रमित, १२७९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन् । बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता