स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७० जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७० जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जना संक्रमित थपिएका हुन् । 

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ८९५ पुगेको छ । 

आज देशभर होम आइसोलेसनमा २८ हजार ४०५, संस्थागत आइसोलेसनमा ३ हजार २२४, आईसीयूमा ६९० र भेन्टिलेटरमा १७५ जना संक्रमित रहेका छन् । योसँगै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

गाउँ सहर संवाददाता