गाउँ सहर

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा : सरकारी सेवा-सुविधा लिन्न, व्यावसायिक संस्थामा आबद्ध हुनेछैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मीबाहेक अन्य सरकारी सेवा सुविधा नलिने घोषणा गरेको छन् ।

आफ्नो १ सय दिने कार्ययोजना प्रस्तुत गर्दै आज भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले गाडी, आवास र तलब–भत्ता नलिने बताएका हुन् । 

उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । ‘म कार्यरत रहुञ्जेल आवास, गाडी र भत्ता लिन्न’ उनले भने, ‘आफू सम्बद्ध सम्पूर्ण व्यवसायमा पनि आबद्ध हुनेछैन ।’

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए ।

उनी लिटिल एन्जल्स स्कूल, प्राइम कमर्सियल बैंक, सिराइचुली होटल लगायत विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका छन् ।

गाउँ सहर संवाददाता