पोखरामा एन्फा र चरक मेमोरियल अस्पतालबीच सम्झौता
- गाउँ सहर संवाददाता
- १७ श्रावण आइतबार, २०७८ | २१:५३:०० मा प्रकाशित
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक मोमोरियल अस्पतालबीच सम्झौता भएको हो । सम्झौता अनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण स्वास्थ्य सुविधा अस्पतालले उपलव्ध गराउने भएको छ ।
सम्झौतामा एन्फाको तर्फबाट एन्फाका केन्द्रीय सदस्य एवम एन्फा स्वास्थ्य समितिका संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र अस्पतालका म्यानेजर प्रदिप शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार फुटसल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निशुल्क उपचार प्रदान गर्नेछ भने औषधिमा १० प्रतिशत छुट दिने भएको छ । त्यसै गरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ ।
उक्त ए डिभिजनको राष्ट्रिय फुटसल लिगमा प्रदेश नं १ बाट २ टिम, बागमतीबाट ४ टिम, गण्डकी प्रदेश बाट २ टिम, लुम्विनी, कर्णाली र सुदूरपश्चिम बाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने तथा प्रतियोगिता पोखरा रंगशाला स्थित वहुउद्धेश्यीय कभर्ड हलमा सञ्चालन हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस