सामान्यले अंक बढेकाे शेयरबजारमा हाइड्राे कम्पनीकाे मूल्य उच्च बृद्धि
- गाउँ सहर संवाददाता
- १७ श्रावण आइतबार, २०७८ | १५:३४:०० मा प्रकाशित

काठमाडाैं । झण्डै ३१ सय अंक पुग्न लागेकाे नेप्से अन्तिममा घटेर सामान्य अंक बढेर बन्द भएको छ ।
काराेबारकाे शुरूवाती समयमा ३०९७ अंकमा पुगेकाे नेप्से अन्तमा १.२५ अंक बढेर ३०८१.०५ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.२४ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक बढेको छ ।
आइतबार लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनी परेका छन् । आजको बजारमा सिनर्जी पावर, कालिका पावर, युनिभर्सल पावर, ग्रीन लाइफ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप पावर, एभरेष्ट इन्सयोरेन्स संस्थापक, सिइडिबि हाइड्रोपावर र माउन्टेन हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आइतबारको बजारबाट लक्ष्मी इक्वीटी फण्डका इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् । फण्डका लगानीकर्ताले आइतबार मात्रै ६.९८ प्रतिशतले गुमाएका हुन् । चन्द्रागिरी हिल्स, नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्वीटी फण्ड, प्रभु इन्स्योरेन्स, र एनआईबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले ३ प्रतिशत बढीले गुमाएका छन् ।
यस दिन २२६ कम्पनीको १२ अर्ब १० करोड ३८ लाख रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन युनाइटेड मोदीको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस