गाउँ सहर
नेपाल राष्ट्रिय तामाङ घेदुङकाे केन्द्रीय कार्यसमिति सचिवमा बिरास दाेङ
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | २०:५५:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । नेपाल राष्ट्रिय तामाङ घेदुङले केन्द्रीय कार्यसमितिकाे सचिवमा बिरास दाेङलाई मनाेनित गरेकाे छ ।
कार्यसमितिकाे शनिवार बसेको पूर्ण बैठकले रिक्त रहेको केन्द्रीय सचिव पदमा दोङलाई सर्वसम्मत रुपमा मनोनीत गरिएको हाे ।
केन्द्रीय अध्यक्ष वीरबहादुर योन्जनकाे अध्यक्षतामा बसेकाे बैठकमा महासचिव चुनाब कुमार बल(प्रबिन)ले सांगठनिक प्रतिबेदन पेस गरेका थिए ।
काठमाडौंकाे चपली हाइटमा बन्दै गरेको संस्थाको आफ्नै भवनमा बसेको बैटकमा निवर्तमान महासचिव डा. छिरिङ योन्जन, सांस्कृतिक घेदुङको अध्यक्ष शुक्र लामा दोङ, संगठन बिभाग प्रमुख कान्छा लामा (बिकास ब्लोन) र केन्द्रीय सदस्य हिरा गोलेले आ-आफ्नो धारणा राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस