स्वास्थ्य

काेराेना अपडेटः शनिबार ३१०६ जना कोरोना संक्रमित थपिए, २३ जनाकाे मृत्यु

काठमाडाैँ । शनिबार थप ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २६३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २८० मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २५६  गर्दा ८२६ मा संक्रमण देखिएको छ ।

कुल १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । 

थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनाबाट मुक्त भएका छन् । 

गाउँ सहर संवाददाता