कला
‘मदन पुरस्कार-२०७७’ का लागि छानिए यी नौवटा पुस्तक
- गाउँ सहर संवाददाता
- १५ श्रावण शुक्रबार, २०७८ | १७:३४:०० मा प्रकाशित
काठमाडाैं । ‘मदन पुरस्कार-२०७७’ का लागि नौवटा पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले कुल २२२ पुस्तकमध्ये नौवटा पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ ।
गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवान्को ऐतिहासिक दस्ताबेज संग्रह छनोट सूचीमा परेका छन् ।
छनोटमा परेका यी पुस्तकमध्ये एउटाले मदन पुरस्कार पाउने छ । बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई नौ पुस्तकको नाम उपलब्ध गराएको गुठीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस