जनकपुरधाम । धनुषामा सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् । जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको धनुषा प्रहरीले जनाएको छ ।
आज बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ ।
पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस