गाउँ सहर
पुल निर्माण गर्न खनिएको खाल्डोमा स्कार्पिओ खस्दा एकजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १५ श्रावण शुक्रबार, २०७८ | ०८:३५:०० मा प्रकाशित
जनकपुरधाम । धनुषामा सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् । जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको धनुषा प्रहरीले जनाएको छ ।
आज बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ ।
पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस