नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | ०७:४२:०० मा प्रकाशित

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज (मंगलबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक अन्तर्गत मंगलबार नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्ने छन् ।
एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटाैँ लेनमा रहेका छन् । एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइल्यान्डसका खेलाडी रहेका छन् ।
पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।
टोकियोमा चलिरहेको ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा रहेकाे छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।
यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस