खेल

महिला कुस्तीका स्वर्णमा सेना र सुदूरपश्चिमको कब्जा, पौडीमा दुई कीर्तिमान

पौडीमा मंगलबार दुई कीर्तिमान

पौडी प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान कायम भएका छन् । 

पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।

५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेंडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनको नाममा रहेको २३.९० सेकेण्डको समयलाई सुधार गरेर २३.५७ सेकेण्डमा झारेका छन् ।

त्यसैगरी पुरुष २ सय मिटर बटरफ्लाइमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८.१० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आर्षिश सापकोटाले २ मिनेट १६.४३ सेकेण्डमा दुरी सक्दै नयाँ कीर्तिमान बनाएका हुन् ।  

महिला कुस्तीका स्वर्णमा सेना र सुदूरपश्चिमको कब्जा

पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले कब्जा गरेका छन् ।

मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा विभागीय टिम नेपाली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरि १० टोलीको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत