स्वास्थ्य

काेराेनाकाे पछिल्लाे अवस्था : १६ जनाकाे मृत्यु, कहाँ-कति थपिए ? (पूर्ण विवरणसहित्)

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ६९५ को मृत्यु भएको छ । कुल संक्रमित पिसिआरबाट ६ लाख ७९ हजार १७ र एन्टिजेन विधिबाट ५४ हजार २४३ पुगेका छन् भने निको हुने ६ लाख ४१ हजार ५६५ छन् ।

पछिल्लो २४ घण्टामा मात्र १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९१० को परीक्षण हुँदा ३ हजार ११४ संक्रमित थपिएका छन् । जसमा महिला ३९.६ र पुरूष ६०.२ छन् ।

अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ६५० सघनमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या ४ हजार २८५ छ ।  जुन ९४.५ प्रतिशत हो ।

आजसम्म ३५ लाख २८ हजार ५१४ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ८६ हजार ४६४ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३४४ र होम आइसोलेशनमा रहेको संख्या २५ हजार ८६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६७१ छ । देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ । 

अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ । साेचेजस्ताे संक्रमण नघटेकाे उसले बताएकाे छ ।

अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १३ लाख ६६ हजार ४६ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता