दिगोविकास

श्रावणकाे सोमबार युवक र युवतीले भगवान शिवको गर्नुहोस् यसरी अभिषेक

काठमाडौँ । श्रावण महिनामा भगवान शिवको आराधनाको छुट्टै महत्व छ । शिव ‘अभिषेक प्रिय’ र यस्तो लाग्छ कि प्रकृति यो महिनामा जलको वर्षा केवल शिवको अभिषेकको लागि गर्दछिन् ।

शास्त्रमा शिवको आराधनालाई ‘आत्मा त्वं गिरिजा मतिः सहचराः प्राणाः शरीरं गृहं’ भनेर सम्बोधन गरिन्छ । अर्थात शिव र शक्ति क्रमश आत्मा र मतिको रुपमा विराजमान भएर मेरो शरीलाई पूर्णता प्रदान गर्नुहोस् ।

  1. ‘स्वयंलाई भवनको प्राप्ति, आर्थिक लाभ र ऋण मुक्तिको हेतुले शिवजीलाई बेलको रसले अभिषेक गर्नुहोस् । सूप र कालो छाता कुनै पनि सोमबार दान गर्नुहोस, ‘धन समृद्धि प्रदाय श्रीमन महादेवाय नमः’ मन्त्रको जप गर्नुहोस् ।
  2. ‘शीघ्र विवाह हेतु प्रत्येक श्रावणकाे सोमबार युवकले केसर युक्त दूध र युवतिले अनारको रसले शिवजीको अभिषेक गर्नुहोस् । पूरै श्रावण महिनामा दैनिक ‘ह्रीं ह्रीं गिरिजा पतये शिवशंकराय ह्रीं ह्रीं मन्त्रको जप १०८ पटक गर्नुहोस् ।
  3. रोजगारको प्राप्तिको लागि सर्पको पूजन गरेपछि शिवजीलाई अभिषेक गरेर पुष्प अर्पित गर्नुहोस् । ‘ह्रीं शम्भवाय ह्रीं’ दैनिक मन्त्र जप्नुहोस् शिवजीलाई जल अभिषेक गर्नुहोस् ।
  4. विद्यार्थीले प्रत्येक श्रावणको सोमबार शिव चालिसा पाठ गर्नुहोस् । त्यसपछि ११ बेलपत्रमा रातो चन्दन लगाएर अर्पित गर्नुहोस् । दैनिक ‘शिवशंकराय ह्रीं’ जप गर्नुहोस् ।
  5. मनोकामना अनुसार चयन गर्नुहोस् शिवलिङ्गः श्रावण महिनामा विभिन्न वस्तुले निर्माण भएका शिवलिङ्ग बनाएर पूरै महिनाभर पूजा गरे विभिन्न अभिष्ट प्राप्त हुन्छ ।
  6. सम्पूर्ण कामनाको पूर्तिको लागि नदिको तटमा माटोको शिवलिङ्ग बनाउनुहोस् र पूज्नुहोस् ।
  7. विरोधीबाट बच्नको लागि डोरोको शिवलिङ्ग बनाउनुहोस् र पूज्नुहोस् ।
  8. विवाह, लक्ष्मी प्राप्ति र शान्तिको लागि स्फटिक (खनिज) को शिवलिङ्ग बनाउनुहोस र पूज्नुहोस् ।
  9. पारिवारिक सुख र शन्तिको लागि कपूर र कुमकुमको शिवलिङ्गमा पूजा गर्नुहोस् ।
  10. राजनीतिक सफलताको लागि सफा कमलको फूलको शिवलिङ्ग ।
  11. सन्तान प्राप्तिको लागि आँटा वा फलको शिवलिङ्ग ।
  12. सबै क्षेत्रमा उन्नति र शान्तिको लागि धातु (पारा) को शिवलिङ्ग ।
  13. उत्तम स्वास्थ्यको लागि गुड वा चिनीको शिवलिङ्ग ।
  14. आर्थिक र पारिवारिक समृद्धिको लागि विभिन्न धान्यको शिवलिङ्ग ।
  15. अकाल मृत्युबाट रक्षाको लागि दुवोको शिवलिङ्ग ।

चार पहरको पूजाबाट मिल्ने छ सबै फलः
श्रावणको सोमबार राति चारै पहरमा पृथक पूजाको पनि विशेष विद्यान छ । प्रथम पहरमा दूधले स्नान तथा ‘ऊँ हीं ईशानाय नमः’ को जप गर्नुहोस् । द्वितीय पहरमा दधि स्नान गरेर ‘ऊँ हीं अघोराय नमः’ जप गर्नुहोस् । तृतीय पहरमा घृत स्नान गरेर ‘ऊँ हीं वामदेवाय नमः’ को जप गर्नुहोस् । चतुर्थ पहरमा मधु स्नान एवं ‘ऊँ हींं सद्योजाताय नमः’ मन्त्रको जप गर्नुहोस् ।

ऊँ नमः शिवाय एवं शिवाय नमः मन्त्रले सम्पूर्ण पूजा विधि तथा ध्यान, आसन, पाद्य, अर्व्य, आचमन, स्नान, पयस् स्नान, दधि स्नान, घृत स्नान, मधु स्नान, शर्करा स्नान, पंचामृत स्नान, गंधोदक स्नान, शुद्धांदक स्नान, अभिषेक, वस्त्र, यझोपवीत, उपवस्त्र, गंध, सुगंधित द्रव्य, अक्षत, पुष्पमाला, बिल्व पत्र, नाना परिमल द्रव्य, धूप, दीप, नैवेद्य । करोद्वर्तन (चंदनको लेप), ऋतुंफल । तांवूल-पुंगीफल दक्षिणा ‘ऊं भूर्मुव स्वः श्री नर्मदेश्वर सांबसदाशिवाय नमः’ उपर्युक्त उपचारहरु, जस्तै ध्यान नामले गरेर समर्पयामि भन्दै  पूजा सम्पन्न गर्नुहोस् । 

पुनः आरती कपूर आदिले प्रदक्षिणा, पुव्यांजलि, साष्टर्गग प्रणाम गरेर पूजन कर्म शिवार्पण गर्नुहोस् । यति गरेपछि शिव भगवान प्रशन्न हुने विश्वास रहिआएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत