गाउँ सहर
वालविवाह गर्ने तथा गराउने ३ जना पक्राउ
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | ११:२८:०० मा प्रकाशित
पर्सा । वालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग वालविवाह गराएको खुल्न आएपछि वालविवाह गर्ने विशाल र वालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस