रविको बयान पर्सामा आजबाट हुने
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर मंगलबार, २०८१ | १०:०४:०० मा प्रकाशित
पर्सा । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ।
पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो ।
हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
जिबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ, चितवनमा उनको बयान लिइसकेको छ । अब मंगलबार बिहानबाट उनको वीरगञ्जमा बयान सुरू हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
प्रतिकृया दिनुहोस