गाउँ सहर

बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा र चितवनको शक्तिखोरमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । पछिल्लो ३ घण्टा चितवनको शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा भारी वर्षा भएको र थप हुनसक्ने, सो क्षेत्र भई बहने राप्ती, रिउखोला लगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्छ, डुबान भईरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी सूचनाले बताएकाे छ ।

नेपाल बाढी सूचनाले बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसो सम्म उच्च सतर्कता अपनाउन भनेकाे छ ।

गाउँ सहर संवाददाता