काठमाडाैँ । श्रीमद्भागवत गीतामा लेखिएको छ कि जीवनमा काेहि गुमाउँछन् वा बर्बाद हुन्छन् । जीवनको प्रत्येक क्षणको महत्त्व हुन्छ । सफलता र असफलता दुबै कुरा । जब हामी असफल हुन्छौं, हामी अनुभव प्राप्त गर्छौं, जहाँबाट हामी सफलता प्राप्त गर्न सक्छौं । जो असफल हुन डराउँछन्, उनीहरू कुनै पनि काममा सफल हुन सक्षम हुँदैनन् । त्यसैले हरेक पल सकारात्मक रहनुहोस् र धैर्यतासंग अगाडि बढ्नुहोस् ।
केहि यस्तै उद्धरणहरूः
जो व्यक्ति हार्न डराउँछन्, उनीहरूले जित्ने इच्छा नराखेकै बेश ।
जबसम्म हामी आफूमा विश्वास गर्दैनौँ, भगवानमा पनि विश्वास गर्न सक्दैनौँ ।
जीवन अनुभव जस्तै हो । जति धेरै प्रयोग गर्छौँ, त्यतिनै राम्रो जीवन हुन्छ ।
कहिलेकाहिँ समस्या ठूलो हुन्छ तर समाधान त्यति नै हल्का हुन्छ । जब समस्या आउँछ, धैर्य वा सकारात्मक भएर काम गर्नुहोस् हल अवश्य निस्कन्छ ।
भगवानले मात्र होइन, हामीपनि कसैलाई जीवन दिन सक्छौँ । किनकी हामीभित्र पनि भगवान छन् । हाम्रो सहयोगले कसैको समस्या टर्न सक्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस