ओली सरकारलाई पाप लाग्ला : सांसद ज्ञानेन्द्र शाही
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण मंगलबार, २०८१ | १४:४८:०० मा प्रकाशित

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्मा उठाउँदै ओली सरकारलाई त्यसको पाप लाग्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर सरकारको आलोचना गरे।
गाउँगाउँमा सिंह गयो, दरबार गएन, ओली सरकारबाट जनताको कहिले पनि भलो भएन,’ शाहीले भने, ‘काठमाडौँ महानगरपालिकासहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए।
उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए।
काठमाडौँ महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। यो ओली सरकारलाई त्यसको पाप लाग्ला’, शाहीले भने।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस