पार्टी खोलेर राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्रलाई देउवाकाे सुझाव
- गाउँ सहर संवाददाता
- १० चैत आइतबार, २०८१ | १८:५८:०० मा प्रकाशित

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिएका छन् । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा आइतबार सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै उनी संवैधानिक राजा बन्न लायक नभएको बताएका हुन् ।
पछिल्लो समय राप्रपा हिन्दुराष्ट्र र राजतन्त्र स्थापनाका लागि भन्दै प्रदर्शन गरिरहेको छ । त्यही सन्दर्भमा देउवाले राप्रपालाई सुझाव दिँदै भने, 'उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।'
आफूले ज्ञानेन्द्रलाई राम्रोसँग चिनेको उल्लेख गर्दै देउवाले उनीविरुद्ध बोलेकै कारण आफूलाई जेल हालिएको प्रसंग पनि सुनाए । उनले अगाडि भने,' जनीति गर्ने हो भने पार्टी खोलेर आए हुन्छ । पार्टीमा लग्यो भने राप्रपाले पनि दु:ख पाउँछ ।'
यसअघि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गर्न मन भए राजाले नयाँ पार्टी खोलेर चुनावमा भाग लिन सुझाव दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
प्रतिकृया दिनुहोस