समाज
पानामा पठाउँछु भनी ठगी गरेको अभियोगमा राउत पक्राउ
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | १८:२४:०० मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा टोखा नगरपालिका-१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई-भिसा समेत बनाई पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा टोखा नगरपालिका-१० सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस