समाज
पानामा पठाउँछु भनी ठगी गरेको अभियोगमा राउत पक्राउ
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | १८:२४:०० मा प्रकाशित
काठमाडौँ । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा टोखा नगरपालिका-१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई-भिसा समेत बनाई पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा टोखा नगरपालिका-१० सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको उक्त ब्यूरोले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस