खेल

अर्जेन्टिनाले जित्याे काेपा अमेरिका २०२१

  • एजेन्सी
  • २७ असार आइतबार, २०७८ | ०७:५१:०० मा प्रकाशित

काेपा अमेरिकाकाे २०२१ संस्करण अर्जेन्टिनाले हाता पारेकाे छ ।

अर्जेन्टिनाको जितमा २२ औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि डी पलले पास दिएका हुन् ।

अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो ।

१ गाेलकाे हारसँगै ब्राजिल दाेस्राे बनेकाे छ ।

काेराेनाकाे कहर भएपनि माराकाना स्टेडियम दर्शकले भरिभराउ थियाे ।

यस्तै यसअघि कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको थियाे । शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।

एजेन्सी

तपाईँको मत