शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढ्याे
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | १४:०६:०० मा प्रकाशित
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. १०० ले बढेको सुनको मूल्य शुक्रवार पनि सोही अंकले बढेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३१० मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले घटेर प्रतितोला रू. १ हजार ३०५ पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस