अभिनेत्री जेनी कुँवर अपार्टमेन्टमा मृत फेला
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | ०८:१३:०० मा प्रकाशित

काठमाडौं । अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छन् । बिहीबार बेलुकी काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनलाई मृत अवस्थामा फेला पारेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।
'उहाँको शव झुन्डिएको अवस्थामा फेला परेको हो । घटनास्थलले उहाँको आत्महत्या भएको देखिन्छ । हाम्रो टिम त्यहाँ अनुसन्धानमा खटिएको छ,' सिंहले भने । उनका अनुसार घटनास्थलमा सुसाइड नोट भेटिएको छ ।
उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो ।
पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।
जेनीका छोरा र छोरी विदेशमा छन् ।
जेनीले 'घायल', 'खरानी', 'हलचल', 'जिन्दगानी', 'मैदान', 'जीवनदाता' लगायत दर्जन फिल्ममा अभिनय गरेकी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस