अभिनेत्री जेनी कुँवर अपार्टमेन्टमा मृत फेला
- गाउँ सहर संवाददाता
- २५ असार शुक्रबार, २०७८ | ०८:१३:०० मा प्रकाशित
काठमाडौं । अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छन् । बिहीबार बेलुकी काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनलाई मृत अवस्थामा फेला पारेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।
'उहाँको शव झुन्डिएको अवस्थामा फेला परेको हो । घटनास्थलले उहाँको आत्महत्या भएको देखिन्छ । हाम्रो टिम त्यहाँ अनुसन्धानमा खटिएको छ,' सिंहले भने । उनका अनुसार घटनास्थलमा सुसाइड नोट भेटिएको छ ।
उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो ।
पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।
जेनीका छोरा र छोरी विदेशमा छन् ।
जेनीले 'घायल', 'खरानी', 'हलचल', 'जिन्दगानी', 'मैदान', 'जीवनदाता' लगायत दर्जन फिल्ममा अभिनय गरेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस