कांग्रेसमा महाधिवेशन रन्काे जिल्लासम्मै लाग्याे, चुनावी मैदानमा १० आकांक्षी
- गाउँ सहर संवाददाता
- २४ असार बिहीबार, २०७८ | १४:०७:०० मा प्रकाशित

बझाङ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति तय भएपछि बझाङ जिल्लामा चुनावी चहलपहल बढेको छ ।
जिल्ला सभापतिका लागि आकांक्षीहरूले खुलेर आफ्नो नाम सार्वजनिक नगरेपनि भित्रभित्रै कसरत भने शुरूआत भइसकेको जनाइएको छ ।
कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत शुरू हुन थालेको छ । आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा १० गाउँपालिका र २ नगरपालिकाका ९४ वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने पूर्व सभापति पृथ्वीबहादुर सिंहले बताए ।
‘हाल जिल्लामा कोही पनि नेता नआएकाले आधिकारिकरूपमा सभापतिका लागि कसले उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन । सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौं । सामाजिक सञ्जाल हेर्दा त आकांक्षी धेरै देखिएका छन् । पार्टीले बैठक बोलाएको छैन, साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ । बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । अब सर्वोच्चको निर्णयलाई पर्खिरहेका छौं, सहमतिमै सभापति चयन गर्छौं,’ उनले भने ।
गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा १ हजार ५०४ जना सहभागी हुने भएका छन् । उनले भने, ‘धेरै आकांक्षी हुनु स्वभाविकै हो । कांग्रेसमा सबैको योगदान छ । हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौं ।’
पार्टीको बैठक बसेपछि सभापति पदका आकांक्षीका थाहा हुने समेत पूर्व सभापति सिंहले बताए ।
सभापतिका लागि जिल्लामा ७ स्थानीय तहबाट १० नेता आकांक्षी देखिएका छन् । यसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजंगबहादुर सिंह, क्षेत्रीय सभापति भरतराज जोशी, पूर्व जिविस सभापति, जयपृथ्वी नगर प्रमुखमा पराजित चेतराज बजाल, मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञानबहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट खड्कबहादुर बोहोरा, पार्टी प्रवक्ता पुष्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट रमेश भण्डारी, थलारा गाउँपालिकाबाट देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट जगत्प्रसाद जोशी, बुंगल नगरपालिकाबाट प्रताप गुरुधामीको जिल्ला सभापतिका लागि चर्चा चलेको छ भने ५ वटा स्थानीय तह वित्थडचिर, तलकोट, दुर्गाथली, छविसपाथिभेरा र साइपाल गाउँपालिकाबाट भने सभापतिमा को उठ्ने भन्ने खुलेको छैन ।
जिल्लामा यसपटक ३ हजार ८ को हाराहारीमा क्रियाशील सदस्य थपिएका छन् । यसको नामावली केन्द्रमा पठाइ छानबिन भइरहेको बताइएको छ । योसहित क्रियाशील सदस्यको संख्या लगभग ७ हजार ७०० पुगेको प्रवक्ता बोहराले बताए ।रासस

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस