नेप्से परिसूचक घटेसँगै काराेबार रकम पनि ४ अर्बमा खुम्चियाे
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.२४ अंकले घटेर २८१८.१० बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ बिन्दुमा झरेको छ
दैनिक २० अर्बसम्म काराेबार भएकाेमा अहिले घटेर ४ अर्बमा सीमित भएको छ ।
आज कूल २२० वटा कम्पनीको १ करोड १ हजार ३५ हजार २०९ कित्ता शेयर ४६ हजार ३१० वटा संख्याको कारोबारबाट ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँ बराबरमा खरिद बिक्री हुँदा भएका छन् । सोमबार ११.७८ अंकले घटेको बजारमा ४ अर्ब ५८ करोड २२ लाखको शेयर खरिद बिक्रीमा आएका थियो । अघिल्लो दिनको तुलनामा कोरोबार रकम ३५ करोड ८२ लाख रुपैयाँले घटेको हो ।
यसदिन हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ८७ लाख ३९ हजार रूपैयाँको शेयर खरीद बिक्री भएको छ ।
मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले नाफा कमाएका छन् । यसैगरी माउण्टेन इनर्जी नेपाल लिमिटेडमा लगानी गरेका लगानीकर्ताले पनि ५.२१ प्रतिशतका दरले नाफा कमाएका छन् ।
त्यसैगरि हाइड्रो इलेक्ट्रसिटी इनभेष्टमेन्ट र अपर तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस