नेप्से परिसूचक घटेसँगै काराेबार रकम पनि ४ अर्बमा खुम्चियाे
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.२४ अंकले घटेर २८१८.१० बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ बिन्दुमा झरेको छ
दैनिक २० अर्बसम्म काराेबार भएकाेमा अहिले घटेर ४ अर्बमा सीमित भएको छ ।
आज कूल २२० वटा कम्पनीको १ करोड १ हजार ३५ हजार २०९ कित्ता शेयर ४६ हजार ३१० वटा संख्याको कारोबारबाट ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँ बराबरमा खरिद बिक्री हुँदा भएका छन् । सोमबार ११.७८ अंकले घटेको बजारमा ४ अर्ब ५८ करोड २२ लाखको शेयर खरिद बिक्रीमा आएका थियो । अघिल्लो दिनको तुलनामा कोरोबार रकम ३५ करोड ८२ लाख रुपैयाँले घटेको हो ।
यसदिन हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ८७ लाख ३९ हजार रूपैयाँको शेयर खरीद बिक्री भएको छ ।
मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले नाफा कमाएका छन् । यसैगरी माउण्टेन इनर्जी नेपाल लिमिटेडमा लगानी गरेका लगानीकर्ताले पनि ५.२१ प्रतिशतका दरले नाफा कमाएका छन् ।
त्यसैगरि हाइड्रो इलेक्ट्रसिटी इनभेष्टमेन्ट र अपर तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस