निषेधाज्ञा थप एक साता लम्ब्याउने, सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिने सहमति
- गाउँ सहर संवाददाता
- १४ असार सोमबार, २०७८ | ०८:४९:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तर सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिने सहमति भएको छ । यद्यपि यसबारे औपचारिक निर्णय सोमबार हुने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो छ ।
जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिने भन्नेबारे छलफल भएको तर यसबारे निर्णय भने भइनसकेको प्रजिअ निरौलाले जानकारी दिए ।
यद्यपि यातायात व्यवसायीहरुले भने यसमा असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिँदा यात्रुको चाप बढेर संक्रमण झन् बढ्नसक्ने भन्दै सबै खाले गाडी चल्न दिन आग्रह गरिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस