एमाले अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बाेलाए, खनाल-नेपाल समुह नजाने
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १५:२३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
आज बिहान बसेको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताएका छन् ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।
आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने भएको छ । पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।
असन्तुष्ट पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्यसमेत नरहेको बताइन् ।
यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीले गरेको कारवाही मान्य नहुने यसअघि नै बताइसकेको छ । यस्तै बैठकले सर्वोच्चको उक्त निर्णयलाई गम्भीर र त्रुटिपूर्ण भनेको छ ।
प्रवक्ता ज्ञवालीले आदेश त्रुटिपूर्ण भएकाले त्यसविरुद्ध आफुहरु भ्याकेटमा गएको उल्लेख गर्दै दलको आन्तरिक विषयमा हस्तक्षेप भएको पनि बताए ।
उनले भने, ‘जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो। त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस