सँगै खाजा खाएर विवाद समाधान गर्ने क्रममै एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | ११:३४:०० मा प्रकाशित
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।
वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् ।
शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
शुक्रबार साँझ ठेकेदार प्रेम दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्ने क्रममा विवाद हुँदा जेसिबी चालक हर्कबहादुर तामाङले हत्या गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।
सो पोखरीको सौन्दर्यीकरणका क्रममा नै विवाद उत्पन्न भएको थियो भने पछि सँगै खाजा खाएर विवाद समाधान गर्ने भनेपनि कुराकानी नमिल्दा पुनः पोखरीको निरीक्षण गर्नेक्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको थियो ।
विवादकै क्रममा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले बताए ।
उनका अनुसार हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
हत्या आरोपमा पक्राउ परेका दुवै जना प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस