काेराेनाबाट थप ८१ जनाकाे मृत्यु, निकाे हुने दर ९०.५ प्रतिशत
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | १७:४८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ८९४ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र अस्पतालमा छुटेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १२ हजार ४१४ को परीक्षण गरिएकोमा २ हजार ४२१ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख २७ हजार ८५४ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.२ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५० हजार ५२० सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ७३४ को आइसियूमा र २१३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ४७ हजार २८६ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार २३४ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३२ लाख ९५ हजार ५१३ र एन्टिजेन परीक्षण १ लाख ५६ हजार ५४५ को गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस