राप्रपाको गौरवमय विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक - पूर्वमन्त्री गाैचन
- गाउँ सहर संवाददाता
- ७ असार सोमबार, २०७८ | २०:४६:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री जगत प्रसाद गौचनले राप्रपाको गौरवमय विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । जसको नीति उसैको नेतृत्वको नारा अघि सार्दै नेतृत्वको भार थाम्न आफू तयार रहेको गौचनले घोषणा गरेका छन् ।
राजसंस्था र हिन्दुराष्टको लक्ष्य अवसरवाद र सत्ता लोलुपताले अवरोध गरेको उनको निष्कर्ष छ । यसकारण दोस्रो पुस्ताको निष्ठावान, सक्कली पात्रलाई नेतृत्वको जिम्मेवारी दिनु अपरिहार्य भएको गौचनको दावी छ ।
राप्रपालाई नयाँ उचाईमा पुर्याउन अग्रसर रहे पनि दोस्रो पुस्ताको अरु कोही इच्छुक भए, पूर्ण सहयोग गर्न तयार रहेको उनले सोमबार एक विज्ञप्तिमा भने । ‘जसको नीति उसैको नेतृत्वलाई व्यवहारमा उतार्न, राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन देशभरीका साथीहरुको सल्लाह र समर्थनमा भार थाम्न म अग्रसर छु । हैन दोस्रो पुस्ताको अरु कोही साथी इच्छुक भए, पूर्ण सहयोग गर्न समेत तयार छु ।’
नेता गौचनले भने, ‘राप्रपाको गौरवमय इतिहास र विरासतलाई निरन्तर राख्न दोस्रो पुस्ताको सार्थक भूमिका जरुरी भएको छ । पार्टीको हर तह र तप्कामा यही माग र बहस जारी छ । समयको मागबाट पछि फर्कने अवस्था छैन ।’
संस्थापक अध्यक्षद्वय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०५९ सालमा सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेको उनले दृष्टान्त प्रस्तुत गरे ।
‘पोखरामा सम्पन्न २०५९ सालको महाधिवेशनमा तत्कालीन पहिलो पुस्ता, संस्थापक अध्यक्षद्वय श्रद्धेय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले तत्कालीन दोस्रो पुस्तामा सफल र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक अभ्यास र राप्रपाको इतिहासमा त्यो परिपक्व नेतृत्व क्षमता, उदारता सुनौलो अक्षरले लेखिएको छ,’ उनले भने ।
‘राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य हो । तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण विघ्न बाधा आइपरेको छ । त्यसैले निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस