स्वास्थ्य

विश्वभर पछिल्लाे २४ घण्टामा ४ लाखजना काेराेनामुक्त, साढे आठ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर पछिल्लाे २४ घण्टामा ४ लाखजना काेराेनामुक्त, साढे आठ हजारकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख जना संक्रमित थपिएका छन् भने ८ हजार ५२४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ३१ लाख १३ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १६ लाख १६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १७ करोड ८५ लाख ९६ हजार नाघेको छ भने मृतकको संख्या ३८ लाख ६६ हजार ८६२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८२ हजार २३५ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । २ हजार ४४९ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ४ लाख ९८ हजारभन्दा बढी छन् । हाल ११ लाख ६६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ७८ लाख २ हजार जना संक्रमितमध्ये १ कराेड ६१ लाख ३६ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ३ लाख ८५ हजार १६७ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ९७ हजार ५८५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ९८ लाख २२ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ८६ लाख ७० हजार जना निको भएका छन् । सक्रिय केस ७ लाख ६६ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४९ लाख ९३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८६ लाख ७५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५१ लाखमा भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ६ लाख १७ हजार ९४७ जना पुगेका छन् भने ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ६४१ पुगेको छ भने ६९ हजार ६२४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत