कोरोनाभाइरसका कारण थप ३९ जनाको मृत्यु, निको भए २ हजार १४१, थपिए २ हजार ६०७
- गाउँ सहर संवाददाता
- ३ असार बिहीबार, २०७८ | १७:०५:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ । यो खुसीको खबर हो ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ५९७ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १२ हजार ४८४ को परीक्षण गरिएकोमा २ हजार ६०७ नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १४१ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । निको हुनेको प्रतिशत ८८.६ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ६१ हजार ७२५ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ९१६ को आइसियूमा र २४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५७ हजार ५३१ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ४ हजार १९४ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४३ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ, जुन घटेको हो । काठमाडौँमा ७ हजार १३५, भक्तपुरमा २ हजार ३०८ र ललितपुरमा ३ हजार ७१ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३२ लाख ४८ हजार १० र एन्टिजेन परीक्षण १ लाख २८ हजार १५९ को गरिएको छ ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस