कोरोनाभाइरसका कारण थप ५२ जनाको मृत्यु, निको भए ३ हजार ८२, थपिए २ हजार ८२८
- गाउँ सहर संवाददाता
- २ असार बुधबार, २०७८ | १६:३२:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यो खुसीको खबर हो ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ५५८ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १३ हजार २२ को परीक्षण गरिएकोमा २ हजार ८२८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । निको हुनेको प्रतिशत ८८.५ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ६३ हजार २५७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ९०२ को आइसियूमा र २७९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५७ हजार ८२६ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ४ हजार ३११ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४३ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ, जुन घटेको हो । काठमाडौँमा ७ हजार ३३७, भक्तपुरमा २ हजार ३२८ र ललितपुरमा ३ हजार ५७ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस