गण्डकी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण समस्या, खोला तर्ने क्रममा एकजना बेपत्ता
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | १९:१६:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण समस्या देखिएको छ । गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ ढोडेनि स्थित ठोटनरी खोलाले जिल्ला बर्दिया घर भएका गोबिन्द चौधरीलाई खोला तर्ने क्रममा बगाई बेपत्ता पारेको खबर छ प्रहरीले स्थानीयसंग संयुक्त रुपमा खोजतलास कार्य गरि रहेको बताइएको छ ।
यस्तै नवलपरासीपूर्व बिनयीत्रिबेणी गाउँपालिका–२ दाउन्ने बिश्वकर्मा मन्दिर नजिकै अविरल वर्षातको कारण माथिबाट अचानक पहिरो खस्न जाँदा पूर्व–पश्चिम राजमार्ग दुबै तर्फबाट अबरुद्द भएको र प्रहरी टोली खटिई राजमार्ग एकतर्फी सञ्चालन गराएको छ ।
उता पर्बतको जलजला गाउँपालिका–३ वारीबेनी बस्ने अमृत के.सी.को ढुङगा माटोले बनेको दुई तले कच्ची घर अबिरल वर्षातको कारण भत्कन जाँदा सोही घरसंग सटाएर पार्कीङ गरी राखेको नमस्ते बेकरी उद्योगको ग२च ६४९७ नं.को भ्यानको बाहिरी भागमा क्षतीहुनुका साथै घर पुर्ण रुपमा क्षति भएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–६ ईनारपानीका शिबलाल कंडेलको ढुङगा माटोले बनेको खरको छानो भएको २ तले कच्ची घरको अगाडिबाट पहिरो गई घर उच्च जोखिममा रहेको, उक्त घरमा बसोबास गर्ने ४ जना बिस्थापित भईसकेका छन् ।
कास्कीको अन्नपुर्ण गाउँपालिका–६ हाईजुङमा वर्षातको कारण टंक बहादुर पुनको घर (मानिस नबस्ने) अगाडी पहिरो आई बासघारी पल्टदा निजको घरको छानोमा हाईटेसन लाईनको तार परेको छ भने बिजुलीको पोल ढलेकाले नयाँपुल र घान्द्रुक जाने लाईन पुर्ण रुपमा अवरोध भएको छ । सोही ठाउँको ज्ञानोदय आधारभुत प्राथमिक विद्यालयको भवन र धन बहादुर नेपालीको ४ जना परिवार संख्या रहेको घर जोखिममा परेको छ भने नयाँपुल घान्द्रुक सडक खण्ड अवरुद्द रहेको छ यस्तै कास्की अन्नपुर्णकै बिरेठाँटीमा मोदी खोलाको पानीको बहाब बडी १५ जना बसोबास गर्ने ६ घरहरु जोखिममा रहेका छन् ।
मनाङको चामे गाउँपालिका–४ मा ठाडे खोलाको बाढीले चामे बजारमा रहेका ४ घर बगाएको, नासो गाउँपालिका–२ धारापानी स्थित मर्स्याङदी नदीमा आएको बाढीले १ घर बगाएकोछ ।
मुस्ताङको थासाङ गाँउपालिका–२ बस्ने खड्क बहादुर बि.क.को घरगोठ पहिरोले जोखिममा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस