स्वास्थ्य

विश्वभर काेभिड संक्रमण घट्दै : पछिल्लाे २४ घण्टामा ३ लाख संक्रमित थपिए, ६७ सयकाे मृत्यु

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । पछिल्लाे २४ घण्टामा ३ लाख जना संक्रमित थपिएका छन् भने ७ हजार ७२९ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड १२ लाख ८ हजार जना भन्दा बढि छन् ।  विश्वभर हाल १ कराेड १९ लाख ९१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १७ करोड ७० लाख २७ हजार नाघेको छ भने मृतकको संख्या ३८ लाख २७ हजार ६४८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८४ हजार ६२८ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । १ हजार ४५२ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ३ लाख ७७ हजार ६१ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ६२ हजार ५९७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ९५ लाख ७० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ८२ लाख ७२ हजार जना निको भएका छन् । सक्रिय केस ९ लाख २० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४३ लाख ३५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८४ लाख ३६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५२ लाख ८३ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ७४ लाख ५४ हजार जना संक्रमितमध्ये १ कराेड ५८ लाख ५४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ८८ हजारभन्दा बढी छन् । हाल ११ लाख १२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ६ लाख १० हजार ५२१ जना पुगेका छन् भने ५ लाख ३६ हजार २५२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ४६५ पुगेको छ भने ६५ हजार ८०४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत