वातावरण

विशेष मौसम बुलेटिन :  मनसुन देशैभर

काठमाडाैँ । देशैभर मनसुन भित्रिएकाे छ । 

जल तथा माैसम विज्ञान विभागका अनुसार मिति २०७८/०२/२८ गते बाट नेपालको पूर्वी भू-भाग हुँदै प्रवेश गरेको मनसुन (Monsoon Onset) हाल मिति २०७८/०२/३० गते बाट देशैभरी फैलिएको छ ।

यस साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता