वातावरण

बुधबारकाे माैसमः थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा

काठमाडाैँ । आज २०७८ जेठ १९ गते  (बुधबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा र तराई भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता