शेयरबजारका कुरा : नेप्से परिसूचक र काराेबार रकम दुवै गिरावट
- गाउँ सहर संवाददाता
- १७ जेठ सोमबार, २०७८ | १५:४३:०० मा प्रकाशित

काठमाडाैं । आइतबार काराेबार रकम र नेप्से परिसूचकमासमेत उच्च रेकर्ड कायमा गरेकाे शेयरबजार साेमबार भने राताम्मे भएकाे छ । यसदिन नेप्से परिसूचक र काराेबार रकम दुवै घटेकाे छ ।
साेमबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा झरेको छ भने कारोबारमा कुल २ करोड ९५ लाख ११ हजार ६२२ कित्ता सेयर १३ अर्ब ३६ करोड ७९ लाख ४१ हजार ९५६ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन १६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ म्यूचुअल फण्डबाहेक सबै घटेको छ । जसमा सबैभन्दा धेरे जलविद्युत र ट्रेडिङ उपसमूहमा गिरावट देखिएको छ ।
यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा राधी विद्युत् कम्पनी, सेन्ट्रल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास कम्पनी, गुँरास फाइनान्स र सोल्टी होटल छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छ्याङदी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड कमपनी छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार राधी जलविद्युत कम्पनीको भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस