शेयरबजारका कुरा : रकम र संख्यामा नयाँ रेकर्ड कायम, १७ अर्ब बढिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १६ जेठ आइतबार, २०७८ | १५:१२:०० मा प्रकाशित

काठमाडौं । शेयरबजारमा आज काराेबार रकममा नयाँ रेकर्ड कायम भएकाे छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर लगानीकर्ताहरु उत्साही भएका छन् । साताकाे पहिलाे काराेबार दिन नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ अंकमा पुगेको छ भने कारोबार संख्या र रकममा पनि नयाँ रेकर्ड कायम भएको छ ।
यो दिनको कारोबारमा ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ ९१ पैसामा कारोबार भएको छ । कारोबार रकम र संख्या हालसम्मकै उच्च हो ।
यो दिन १२६ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा ज्याति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टर होटललगायत रहेका छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिभिल लघुवित्त, ग्रीन हाइड्रोपावर कम्पनी छन् ।
यो दिनको कारोबारमा डेभलपमेन्ट बैंकको उपसमूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । उक्त उपसमूहमा ७.३९ प्रतिशतले बढेको भने फाइनान्सतर्फ ५.०८ प्रतिशत र होटल तथा पर्यटनतर्फ ४ प्रतिशतले वृद्धि भएको छ ।
आइतबारको बजारमा नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । कम्पनीको १८ लाख ७५ हजार ९९० कित्ता शेयर ४७ करोड ४० लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी अरुण काबेली पावरको ४६ करोड ९२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख, बुटवल पावरको ४१ करोड २८ लाख, र अपि पावरको ४० करोड १३ लाख रुपैयाँको शेयर कारोबारमा आएको हो ।
संस्थागत लगानीकर्ता र ब्यापारिक समुहको लगानी पनि शेयर बजारमा लगानी केन्द्रिकृत हुँदा बजारमा दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस